बिबेक भण्डारी ।
देवचुली क्याम्पसको नयाँ संञ्चालन समिति गठन गरिएको छ ।
देवचुली नगरपालिकामा वडा नम्बर १६ मा रहेको उक्त क्याम्पसको अध्यक्षमा राजेन्द्र लामिछाने सर्वसम्मत निर्वाचित हुनुभएको क्याम्पस प्रमुख राजन गौतमले जानकारी गराउनुभयो । अध्यक्ष लामिछाने संगै २५ सदस्य समेत सर्व सम्मत चयन भएको हो ।
क्याम्पसका निवर्तमान अध्यक्ष पौडेलले नव निर्वाचित अध्यक्षलाई आफ्नो जिम्मेवारी प्रदान गर्नुभएको थियो ।
