भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता

शिक्षा

चितवन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता भएको छ ।  भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा उनीहरु बिच दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको हो ।

भेटका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकोले इजरायली कृषि प्रविधि बढी भन्दा बढी प्रयोग गर्न चाहेको बताईन् ।  प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् । 

चितवन जिल्ला पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर रहेको भन्दै उनले भरतपुर महानगरलाई कृषिको हबको रुपमा विकास गर्न विषेश कार्यक्रमहरु ल्याएको उल्लेख गरिन् । चितवन कृषि उत्पादन तथा बजारको दृष्ट्रिले महत्वपूर्ण ठाउँ भएकोले भगिनी सम्बन्ध कायम गर्न चाहेको विचार उनले व्यक्त गरिन् । 

भेटमा क्रममा उनले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् । इजरायली राजदुत हाननगोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफु सकारात्मक रहेको बताए ।

उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गर्दै भने, ‘इजरायल छोटो समयमा कृषिमा आधुनिकिकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।’

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर