बिबेक भण्डारी ।
सरकार र व्यवशायि बिचको समन्वयले मात्र राज्यमा आर्थिक समृद्धि सम्भव रहेको उद्योग बाणिज्य संघका अध्यक्ष शेखर गोल्छा ।
शनिवार नवलपुरको देवचुली उद्योग बाणिज्य संघको सातौँ बार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्न नवलपुर आएका अध्यक्ष गोल्छाले सरकार संग व्यवशायिहरु समन्वय गरि अघि बढ्न खोजेको र सरकारले पनि व्यवशायिलाई प्रोत्सानका खालका कार्यक्रम ल्याउन पर्ने बताए । “हामि व्यवशायिहरु सरकार संग समन्वय गरि देशको अर्थतन्त्र सरल बनाउने कार्यक्रम जुट्ने छौ, तर सरकारले पनि व्यवशायिका समस्या संम्बोधन गर्नुपर्छ” उनले भने । हालै सरकारले ल्याएको बजेटका विषयमा बोल्दै उनले व्यवशायिहरुको हितमा बजेट ल्याएको भए पनि कार्यन्वयनको पाटोमा आउने खाले योजना भने कम देखिएको बताए ।
फरक प्रसंगमा उनले देशमा सम्भावना भएको भए पनि यसको प्रयोगले देश विपन्नको सुचिमा गनिन बाध्य भएको बताए । व्यवशायिका लागि उद्योग बाणिज्य संघ सधै साथमा रहेको बताउदै अध्यक्ष गोल्छाले व्यवशायिका लागि जुन साना तथा मझौला व्यवशाय छन तिनमा वित्तिय क्षेत्रमा आवस्यक सहयोग गर्ने बताए ।