ज्ञानु पंगेनी, कावासोती ।
काठमाण्डौ महानगरपालिकाले अघि सारेको होटल तथा रेष्टुरेण्डमा सार्वजजिक शौचालय कार्यक्रम काठमाण्डौ बाहिरका शहरहरुमा पनि अभियान अघि बढेको छ ।
नवलपुरको कावासोती दुईमा रहेको रेड चिल्लिज फेमिली रेष्टुरेन्टले सार्वजनिक शौचालय अभियानलाई अगाडि बढाएको छ । सार्वजनिक शौचालयको सहजता प्रदान गर्न कावासोतीको रेड चिल्लिजले पनि सार्वजनिक साैचालय बनाएकाे हाे। रेड चिल्लिज फेमिली रेष्टुरेन्टका प्रोपाइटर भेष बहादुर अधिकारीले नागरिकको सुविधाका लागि आफ्नो रेष्टुरेन्टले सार्वजनिक शौचालय सुरु गरेको बताउनुभयो ।
आफ्नो होटेल भएको रोड नगरपालिका सहित विभिन्न कार्यालय भएको स्थान भएकाले धेरै मानिष आवतजावत हुने हुँदा उपयुक्त समेत हुने देखेकाले यस अभियान सुरु गरेको उहाँले बताउनुभयो । अहिले काटमाण्डौँ सहितका विभिन्न जिल्लाहरूमा यो अभियान सुरु भएको छ ।