जिल्ला समन्वय समिति नवलपुरकाे निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनाेनयन दर्ता

शिक्षा

दयाराम आचार्य, कावासोती

जिल्ला समन्वय समिति नवलपुरकाे निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनाेनयन दर्ता गरिएको छ । असार ४ गते हुने निर्वाचनका लागि दुई दलबाट ९ पदका लागि १८ जनाकाे उम्मेदवारी परेकाे छ ।

एमालेबाट प्रमुखमा बाबुराम विश्वकर्मा , उप प्रमुखमा शकुन्तला लम्साल , सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल , लाेकनाथ अर्याल ,लिला पाैडेल, सरस्वती पाठक, रेनु गुराै,सम्झना सार्की र पिन कुमारी चिताैरेकाे उम्मेदवारी परेकाे छ ।
काङ्ग्रेसबाट प्रमुखमा द्राेणवन सन्यासी उप प्रमुखमा मिरा थनेत , सदस्यहरुमा राधिका परियार,देवमाया दमिनी,दिनेश कुमाल, गाेमाया पाण्डे ,ज्ञानप्रसाद खनाल, चित्रबहादुर थापा, सुरेन्द्र कुमालकाे उम्मेदवारी परेको छ ।
जिसस नवलपुरका लागि ८ पालिकाका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष गरि १६ जना मतदाता रहेका छन् । जसमा एमालेकाे ११ र काङ्ग्रेसको ५ मत रहेकाे छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर