समन्वय समिति नवलपरासी प्रमुखमा नेकपा एमालेका भगौती यादव विजयी

शिक्षा

नविन पौडेल,परासी

सत्ता गठबन्धनलाई पराजित गर्दै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको प्रमुखमा नेकपा एमालेका भगौती यादव (रुदल) विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुखमा यादव ७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत मात्र प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी भएका थिए भने उपविजेता नेकपा एमालेकी कुन्ती कुमारी चौधरीले ६ मत प्राप्त गरेकी थिइन् ।

७ वटा पालिका रहेको जिल्लामा तीन वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो भने एउटा पालिकामा माओवादी केन्द्रले प्रमुख पद जितेको थियो । तर उक्त पालिकाको उपप्रमुख कांग्रेसले जितेको थियो ।

नेकपा एमालेले भने दुई पालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । यस्तै राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख पद जितेको थियो । जिसससमा गठबन्धनको ८ र नेकपा एमालेको ६ मत रहेको थियो भने राप्रपाको १ मत थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर