प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश

शिक्षा

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहनु भएको थियो ।

यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गर्नुभएको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर