कावासोती ।
सिजी सवल केन्द्रबाट हाल सम्म ७३ जनाले कृत्रिम हाथ,खुट्टा जन्य उपकरणका सेवा लिएका छन । २०७८ साल फागुन १२ गते कावासोती १६ डण्डामा उक्त सवल केन्द्रबाट सेवा प्रदान गर्न थालिएको सवल केन्द्रले जनाएको छ ।
देशका विभिन्न स्थानबाट सेवा लिन आउने गरेका छन । सवल केन्द्रले विशेष गरि कृत्रिम हाथ, खुट्टा लगाइदिने गरेको छ । चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृत्रिम खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याए पछि अहिले नेपालका विभिन्न स्थानमा सवल केन्द्र स्थापना गरेर हाथ ,खुट्टा नभएकाहरुले कृत्रीम हाथ ,खुट्टा जडान गर्न पाएका छन । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखि ३० गते सम्म ५९ जना लाभान्वित भएका थिए ।
दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भए । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृत्रीम हात र २१ जनाले क्यालिपरको सेवा लिएको फाउण्डेसनले जनाएको छ । यो संगै हाल सवल केन्द्रले विभिन्न स्थानबाट सेवा प्रदान गर्दे आएको छ ।