पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन

शिक्षा

काठमाडौं ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

त्यस्तै विराटनगरमा पनि पेट्राेलियम पदार्थको मूल्य वृद्धिकाे विरोध गर्दै यातायात व्यवसायी र मजदुरले चक्काजाम समेत गरेका छन् । सोमबार बिहान विराटनगरको राजवशी चोकमा सवारी साधन तेस्र्याएर उनीहरूले यातायात अवरुद्ध गरेका हुन्।

यदि सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने यातायात व्यावसायीहरूले चेतावनी दिएका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर