https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

प्रगतिनगर खाने पानी संस्थाको समन्वयमा,सीताराम महिला सामुदायिक वनमा वृक्षरोपण

शिक्षा

ज्ञानु पंगेनी,कावासोती ।

देवचुली नगरपालिका सातमा रहेको सीताराम महिला सामुदायिक वनमा वृक्षरोपण  गरिएको छ । प्रगतिनगर खाने पानी तथा सरसफाइ उपभोक्ता संस्थाको समन्वयमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरबाट निशुल्क प्राप्त विभिन्न जातका बोटबिरुवा लगाइएको हो ।


राई खनियो, काफल, मेन्दोला, इन्दु र भटमासे जातका ५०० बिरुवा लगाइएको प्रगतिनगर खाने पानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो सिताराम महिला सामुदायिक वन उपभोक्ता समिति देवचुली ७ लाई अध्यक्ष भुसालले  बिरुवा हस्तान्तरण गर्नुभएको  थियो ।

बिहीबार नै  वृक्षारोपण शुभारम्भ गरिइएको हो ।  वनमा खाली रहेको जमिनको सदुपयोग  गर्दै हरियाली कायम गर्न र वन संरक्षण गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर