https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

पार्टीले दिए नवलपुर क्षेत्र नम्बर २ बाट चुनाब लड्ने बिनोद चौधरीको चाहना

शिक्षा

काठमाण्डौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लागेको बताएका छन्।

कांग्रेसबाट सांसद रहेका उनले आफ्नो बाँकी जीवन राजनीतिमै विताउने पनि बताए। बाँकी जीवन कांग्रेसमै रहेर राजनीति गर्ने चौधरीले बताएका थिए।

‘६६ वर्षको उमेरमा चुनाव लड्न म वडामा गएँ। वडाबाट आएर महाधिवेशन प्रतिनिधि बने। त्यसपछि १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ,’ काठमाडौंमा पत्रकारहरूसँग कुराकानीका क्रममा चौधरीले भने, ‘अब ब्याक’मा बसेर हुन्न भनेर राजनीतिको ‘फ्रन्ट’मै आएको छु।’

उनले पूर्णकालीन राजनीतिमा आएको भन्नुको अर्थ सबै उद्योगधन्दा छाड्ने अर्थमा नबुझ्न आग्रह गरे। ‘मेरो भूमिका कम्पनीहरूमा नीतिगत तहमा र अभिभावकको रोलमा हुनेछ,’ चौधरीले भने।

आफूले संगठनकै राजनीति गर्ने उनले बताएका छन्।

‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने।

उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन्। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको उनले बताएका छन्।

‘नवलपुरका सबै स्थानीय तह र वडा-वडासम्म पुगेर स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेको छु। त्यहाँको सुख, दु:खबारे बुझ्ने प्रयास गरेको छु। महाधिवेशनदेखि नै नवलपुरमा धेरै समय दिएको हुँ,’ उनले भने, ‘प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति बनाएर गाउँ-गाउँ गएको छु। तर कहाँ कसलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्छ, पार्टीको निर्णय मान्छु।’ 

नवलपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्र छन्। क्षेत्र नम्बर १ मा ०७४ को चुनावमा कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला निर्वाचित भएका थिए।

यसपालि क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्। ‘नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले जितेको छैन, म चुनौती सामना गर्न तयार छु,’ चौधरीले भने। ०७४ मा नवलपुर २ मा नेकपा एमालेले चुनाव जितेको थियो।

चौधरीले स्वतन्त्रहरू पनि स्थानीय चुनाव जितिरहेको प्रसंग निकाल्दै कांग्रेसले उम्मेदवार चयन गर्दा यसबाट पाठ लिन सक्नुपर्नेमा जोड दिए। फरक क्षेत्रका व्यक्ति राजनीतिमा आउन चाहेमा उसको क्षमता हेरेर पार्टीले स्थान दिनुपर्ने पनि चौधरी बताउँछन्।

- Advertisement -spot_img

More articles

1 टिप्पणी

  1. Binod babu great person jitne ke baad kafi sudhar ke kaam karenge inke pass experience he bahut mehnati he target achieve karne wale person he congratulations sir

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर