नवलपुरका किसानलाई सधै सास्ती,मंहगो मुल्यमा मल खरीद गर्दे

शिक्षा

मिना कंडेल

पूर्वी नवलपरासी मा धान रोपाई शुरु भएको छ । असारको दोस्रो सातावाट जिल्लाका विभिन्न ठाउमा धान रोपाई शुरु गरिएको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन । आकाशे पानि पर्याप्त नपरेपनि वोरिङ, कुलोको पानि सिचाई गरेर धान रोपाई शुरु गरेको कृषकहरुले बताएका छन । तर किसानले मल विना नै रोपाई शुरु गरेका छन् । युरीया मलको अभाव हुुँदा पुर्वी नवलपरासीका धान खेति गर्ने कृषकहरुले मंहगो मुल्यमा डिएपि मल खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् । युरीया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डीएपी मलमा पनि पाइने भएकोले युरीया मलको विकल्पको रुपमा बाध्य भएर मँहगो मुल्य तिरेर भएपनि कृषकहरुले डिएपि मल प्रयोग गरेका छन् .। डिएपि मलको थोक मुल्य ४४ रुपैया ९० पैसा रहेको छ भने बजार मुल्य प्रति केजि ४८ रुपैया रहेको छ । युरिया मलको मुल्य थोकमा २२ रुपैया ९० पैसा र खुद्रा मुल्य प्रति किलो २५ रुपैया रहेको छ । तर अहिले युरिया मल कमिशनमा रु ४० प्रति किलोमा बिक्री भैरहेको भए पनि मल हाहाकार भएको किसानले बताएका छन् । किसानले महँगोमा डिएपी मल किन्न बाध्य भएका कावासोतीका तिर्थ चापागाईले बताउनुभयो ।


कावासोती नगरपालिका वडा नम्बर ७ का कृषक बाबुुलाल चौधरीले धान खेतिमा छर्ने युरिया मल नपाउदा मंहगोमा डिएपी मल प्रयोग गर्ने गरेको ्बताउनुहुन्छ । समयमा मल छर्न नपाउदा धानको बोटमा राम्रो फल नबस्ने भएकोले महगो डिएपी मल खरिद गर्नु पर्ने बाध्यता भएको चौधरीले बताउनुभयो । त्यस्तै अर्का कृषक नाथुराम चौधरीले जसो तसो गरी धान रोपेपनि आर्थिकको अभाव भएकाले आफुले महगो मुल्यमा डिएपी मल किनेर छर्न नसकेको दुखेसो पोख्नुहुन्छ । धानमा राम्रो फल नलागे वर्ष भरीको परिश्रम खेर जाने बताउदै कृषक नाथुराम चौधरीले “हाम्रो दुख्ख कस्ले सुन्ने” आफनो धान खेत तिर नजर लगाउदै गुनासो गर्नुभयो ।


हरेक दिन सहकारी र अन्य मल पाइने स्थानहरुमा मल सोध्ने गरेको बताउदै असारको पहिलो साता वित्दासम्म पनि आफुहरुले युरीया मल नपाएकोे चौधरीले बताउनुभयो ।
यता युरिया मल पूर्वी नवलपरासीमा मात्र नभइ देशैभर अभाव रहेको कृषी सामग्री कम्पनि पूर्वी नवलपरासीका शाखा प्रवन्धक शोभा न्यापानेले बताउनुभयो । असार महिनाको अन्त्यतिर मल उपलव्ध हुने जानकारी प्राप्त भएको बताउँदै कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै आफुहरुले सम्बन्धीत निकायमा पटक पटक ताकेता गर्ने गरेको उहाँले बताउनु भयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर