फिलिपिन्स ।
दौरा सुरवालमा सजिएर फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहण समारोहमा सहभागी हुन नवलपुरका नेता बिनोद चौधरी फिलिपिन्स पुगेका छन । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा सहभागी हुन चौधरी फिलिपिन्स प्रस्थान गरेका हुन ।
बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । नेपालका एक मात्र अरब डलरपति चौधरी नवनिर्वाचित राष्टपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।
उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भए। सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए । नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्ने विश्वास व्यक्त गरे। मार्कोस फिलिपिन्सका १७ औँ राष्ट्रपति हुन्।