आशा लघुबित्तद्धारा २५ विपन्न बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान

शिक्षा

माधव सुवेदी ।
आशा लघुबित्त वित्तिय संस्था लिमिटेडले शैक्षिक सामाग्रि बितरण गरेको छ । देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको उक्त संस्थाको बार्षिक कार्यक्रम अन्तरर्गत शनिबार एक कार्यक्रमको आयोजना गरी २५ जना विपन्न बालबालिकाहरुलाई झोला,कपि,कलम लगायत सामाग्रि बितरण गरेको हो ।

कार्यक्रमको अध्यक्षता आशा लघुबित्त वित्तिय संस्थाका प्रमुख सविन तिमल्सेनाले गर्नुभयो थियो भने प्रमुख अतिथीको रुपमा देवचुली वडा नं १६ र १७ दलित संघका अध्यक्ष रमेश बिश्वकर्मा रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिश्वकर्माले कुनै पनि बालबालिकाहरु आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनबाट रोक्न संस्थाहरुले यस्ता सामाजिक कार्यहरु गर्न आवस्यक हरेको बताए ।

संस्थाले यस बर्ष ५५ वटै शाखाबाट एकैसाथ शैक्षिक सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष तिमल्सेनाले जानकारी दिए । उहाँका अनुसार रजहर शाखा र अन्य शाखा बाट गरि १४ लाख बराबरको शैक्षिक सामाग्री बितरण भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर