अमर बहुउद्देश्यीय सहकारी सस्थाको दोस्रो सेवा केन्द्र रजहरमा आरम्भ

शिक्षा

रजहर

बिगत २२ बर्ष देखि डेरि-कृषि सामाग्री र बित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै आएको अमर बहुउद्देश्यीय सहकारी सस्था गैंडाकोट-१६, अमरापुरिले आफ्नो दोस्रो सेवा केन्द्र देवचुलि नगरपालिका-१६, रजहरमा आरम्भ गरेको छ। बुधबार एक औपचारिक कार्यक्रमको बिचमा देवचुली नगरपालिकाका मेयर हरि न्यौपाने ले सेवा केन्द्रको समुदघाटन गर्नुभएको थियो। समुदघाटन समारोहमा बोल्दै मेयर न्यौपानेले सस्थाको सफलताको कामना गर्दै जनताको सेवा र सुविधालाई ध्यानमा राखी बित्तीय बिकाशका बिभिन्न योजनाहरु ल्याउन आग्रह गर्नुभएको थियो। सेवा केन्द्रका बारेमा जानकारी दिदै सस्थाका ब्यबस्थापक देवेन्द्र बहादुर खडका ले सस्थाको सेवा सुबिधा बिस्तार गर्ने एवं रजहर क्षेत्रमा रहेका सेयर सदस्यहरुलाइ सहजरुपले बित्तीय एवं गैर बित्तीय सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा केन्द्रको आरम्भ गरिएको बताउनुभयो।

सस्थाका अध्यक्ष प्रजापति कंडेल को अध्यक्षतामा सम्पन्न समुदघाटन समारोहमा देवचुली न.पा का मेयर हरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने देवचुली न.पा. १६ का वडाध्यक्ष केशवराज गौतम, देवचुली न.पा. १७ का वडाध्यक्ष गणेश शर्मा चालिसे, गैंडाकोट न.पा. १६ का वडाध्यक्ष बिनोद मल्ल एवं गैंडाकोट न.पा. १७ का वडाध्यक्ष गोपि कंडेलको विशिष्ट आतिथ्यता रहेको थियो। त्यसैगरी कार्यक्रम को सहजीकरण सस्थाका सचिव श्यामसुन्दर लामिछाने गर्नुभएको थियो भने ब्यबस्थापकिय सहजीकरण राजेन्द्र खत्री (राजु) ले गर्नुभएको थियो।

सस्थाले ३६० दिनै बित्तिय सेवा, मोबाइल रिचार्ज/बिजुली/खानेपानी/इन्टरनेट बिल भुक्तानी तथा हवाइजहाज बुकिङ जस्ता सेवा सहित मोबाइल बैंकिङ, पारिवारिक राहात कार्यक्रम, ३६० दिनै रेमिट्यान्स सेवा, गोबरग्यास अनुदान, पशुपालन तथा कृषि ऋण सहुलियत, पशु बिमा कार्यक्रम, जेष्ठ नागरिक सम्मान, सुत्केरी भेटघाट जस्ता सेवा तथा कार्यक्रमहरु संचालन गरेको छ। गत बर्षको प्रतिबेदन अनुसार यस सस्थामा हालसम्मा कुल ६ हजार ७ सय सेयर सदस्य छन भने ४६ करोडको वासलात रहेको छ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर