आज हरिशयनी एकादशी

शिक्षा

नवलपुर ।
आज हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्वीहरु घर घरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । तुलसीको विरुवा सारेपछि चार महिनासम्म गरिने चतुर्मासा ब्रत पनि आइतबारदेखि सुरू हुँदैछ ।

एक महिनाअघि निर्जला एकादशीका दिन तुलसीको विऊ छर्ने र त्यसबाट उम्रिएको विरुवा आइतबार मठमा सार्ने चलन छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा लिने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आइतबार बिहानैदेखि पवित्र तिर्थ स्थल तथा नदिहरुमा स्नान गर्नेको भिड लागेको छ । नवलपुरका भगवान नारायण को मन्दिरमा दर्शनार्थिहरुको विहानै देखि पुजा पाठ गर्न आएका छन । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर