नवलपुर
नवलपुरमा कृत्रिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरुले नयाँ जिवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग नहुनेहरु कृत्रिम अंग फेरिएपछि आत्मर्भिर भएका छन् । नवलपुरको कावासोती– १६ डण्डाका विकास तामाङको जन्मदै बायाँ खुट्टा थिएन । तर पनि उनी अहिले स्वरोजगार छन् । खुट्टा नभएर केही गर्न सकिन्न कि भनेर निराश भएका तामाङ अहिले कृित्रम खुट्टा पाएपछि आफु र आफ्नो परिवारको दैनिकी चलाउँदै आएका छन् । नवलपुरमा कृत्रिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरुले नयाँ जिवन पाएका हुन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्र स्थापनापछि अंग नहुनेहरु खुशी भएका छन् । अरुको सहारामा हिँडने गरेका तामाङ अहिले सोही सवल केन्द्रमा अरुको हाथ तथा खुट्टा जडान गर्ने कार्यमा लागेका छन् ।
तामाङ जस्तै नवलपुरको देवचुली नगरपालिका– ४ का जंगबहादुर रुचाल पनि कृत्रिम खुट्टाकै सहारामा कृषि पेशा गरिरहेका छन् । केही वर्षअघि सवारी दुर्घटनामा परेका रुचाललाई सवल केन्द्रले कृत्रिम खुट्टा जडान गरि दिएपछि उनी आफै कृषिको काम गर्न सक्ने भएका हुन् । तामाङ र रुचाल जस्तै ७३ जनाले सवल केन्द्रबाट कृत्रिम खुट्टा तथा हाथ जडान गरेर आफ्ै केही गर्न सक्ने भएका छन् । सवल केन्द्रको स्थापनापछि नवलपुर सहित बाहिरी जिल्लाका अपाङ व्यक्तिहरु पनि कृत्रिम हात तथा खुट्टा लगाउन आउने गरेको सवल केन्द्रका संयोजक गोविन्द रेग्मीले बताउनुभयो ।
चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृत्रिम हात खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । अहिले नेपालका विभिन्न स्थानमा सवल केन्द्र स्थापना गरेर हात, खुट्टा नभएकाहरुले कृत्रिम हात, खुट्टा जडान गर्न पाएका छन् ।