नवलपुरमा पनि मनाइयो गुरुपुर्णिमा

शिक्षा

बिबेक भण्डारी ।
गुरुपुर्णिमाको अवसरमा नवलपुरका विभिन्न स्थानमा गुरु सम्मान तथा विविध कार्यक्रम आयोजना गरि गुरुपुर्णिमा मनाइएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको शाश्वतधाममा गुरुपुर्णिमा विशेष तथा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा देवचुली नगरपालिका नगर शिक्षा अधिकृत रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले आजको समयमा समयमा गुरुकुल शिक्षा नेपालि संस्कृतीको पहिचान भएको भन्दै गुरुकुल शिक्षालाई संरक्षण गर्नुपर्ने बताउनुभयो । वडा नम्बर २ का वडा अध्यक्ष सरद घिमिरेको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा वडामा शाश्वतधाम र गुरुकुल हुनु शुन्दरपक्ष भएको बताउनुभयो ।

उहाँले यस गुरुकुलले सामाजिक क्षेत्रमा रहेका मठमन्दिर र धर्मलाई पनि संरक्षण गर्दे आगाढि बढ्नुपर्ने बताउनुभयो । वडा नम्बर २ कै वडा सदस्यहरुको समेत उपस्थीत रहेको थियो । सिदार्थ मा विका संस्थापक भोजराज दाहाल लगयतको विशेष उपस्थीत रहेको कार्यक्रममा तिन जना गुरुहरुलाई सम्मान्न समेत गरिएको थियो । सम्मान हुनेमा बिनोदकृष्ण अधिकारी,प्रकाशचन्द्र शर्मा पौडेल, चन्द्रराज भुर्तेललाई गुरुकुलले सम्मान गरेको हो । विष्णुप्रसाद घिमिरेद्धारा सहजिकरण गरिएको उक्त कार्यक्रममा शाश्वतधामका प्रबन्धक अशोक घर्तीको अध्यक्षतामा रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर