देवचुलीमा भैसीको दुग्ध मुल्य बढाउने किसानको तयारी(विज्ञप्ती सहित)

शिक्षा

बिबेक भण्डारी ।
पशुपालनमा आवस्यक पर्ने कच्चा पदार्थको मुल्यवृद्धि भएको भन्दै किसानले दुधको मुल्य बढाउने तयारी गरेका छन । नवलपुरको देवचुली नगरपालिकामा रहेको देवचुली भैसी पालन समुहले शनिवार पत्रकार सम्मेलन गरेर दुग्धको मुल्य बढाउने तयारीमा रहेको बताएका छन ।

समुहकी अध्यक्ष गोमादेवी दवाडीले वर्तमान समयमा हरेक वस्तुको मुल्यवृद्धि भएको कारण भैसिलाई आवस्यक पर्ने पराल, भुसा,घाँस, दाना,चापट लगाएतका वस्तुमा भारि मुल्यवृद्धि भएको कारण समुहको असार २५ गते बसेको बैठकद्धारा यहि साउन १६ गतेबाट भैसिको दुग्ध प्रतिलिटर १ सय बिस रुपैया निर्धारर्ण गर्ने बताउनुभयो । कृषिकलाई भैसी पालका लागि आवस्यक पर्ने कच्चापदार्थको मुल्य ह्वात्तै बृद्धि हुदा भैसीपालन गर्न समस्या भएको बताए । अध्यक्ष दवाडीका अनुसार आफुहरुले छिमेकी पालिकामा रहेको भैसी पालनक किसानहरु संग पनि मुल्यका विषयमा छलफल गरेको र यो मुल्य अरु पालिकामा पनि लागु हुने बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा भैसी पालन गर्ने कृषकहरुले नगरपालिकाले भैसीपालन गर्ने कृषकहरुलाई आवस्यक अनुदान प्रदान नगर्दा समस्या भएको बताउदै पालिकाले पनि सहयोग गर्नुपर्ने बताए ।

देवचुली भैसी पालन समुहद्धारा दुग्ध मुल्यवृद्धि बारे जारी गरेको प्रेस विज्ञप्ती

पत्रकार सम्मेलनमा पत्रकारहरुले नगरपालिका संग मुल्यवृद्धीको विषयमा छलफल भएको हो वा होइन भन्ने प्रश्नमा नगरपालिका भन्दा पहिले कृषकहरु बिच छलफल गरेको र नगरपालिका संग आवस्यक छलफल गर्ने बताए । कार्यक्रममा बोल्दै नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले किसानको समस्या पहिचान गर्न आफुहरु लागेको बताए । उनिहरुले भैसीको दुग्ध मुल्य निर्धारण अवस्यक भएको भन्दै पशुपालन गर्ने कृषकहरुले कच्चा पदार्थमा खर्च कसरी कटौटी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल र योजनाहरु बनाउन आवस्यक रहेको बताएका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर