उच्च शिक्षा अध्यानका लागी छात्रबृती प्रदान गर्दै सेन्ट्रल कलेज

शिक्षा

साउन ९

उच्च शिक्षा अध्यानका लागी जापान अमेरीका क्यानडा अस्टेलिया जान चाहाने बिद्यार्थीहरुको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाहो सेन्ट्रल कलेज चितवन । चितवन सहित देशका धेरै सहरमा आफनो शाखा बिस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ । अध्यानका लागी बिदेश जान चाहाने चितवन र आसपासका जिल्लाका बिद्यार्थीहरुको प्रमुख रोजाईमा सेन्ट्रल कलेज रहेको छ । ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत संस्था भएकै कारण जिल्लाका हरेक संघ संस्था र सरकारी निकायले सेन्ट्रल कलेज संग समन्वय गरि सामाजिक बिकासका कामहरु गरिरहेका छन् ।

कलेजले अष्टेलिया, क्यानडा, युके, युएसए, न्युजरल्याड, भारत युरोप, दक्षिण कोरीया लगाएतका देशमा बिद्यार्थी अध्यानका लागी शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका काम गर्दै आएको छ । अहिले जापान जान चाहाने दलित जनजाती र पछाडी परेका समुदायलाई बिशेष छुट दिने घोषणा गरेको छ । त्यस्तै महिला विद्यार्थी र बाहीरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने बिद्यार्थीलाई पनि सहुलियत प्रदान गरिएको कलेजका प्रिन्सिपल पौडेलले बताउनु भयो । भरतपुरमा पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल पौडेलले यस्तो बताउनु भएको हो । कलेजले आर्थीक अवस्था कम भएका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै बिदेशका थोरै सुल्क लिने गुणस्तरिय र छात्रबृति प्रदान गर्ने कलेजहरुमा पठाउन जोड गर्ने बताउनु भयो । यो कलेजले सामाजिक क्षेत्रमा धेरै काम गरेको उहाँको भनाई छ । कलेजले जापानको नागोया सिटिमा सम्पर्क कार्यालय खोलेको छ भने एक महनिा भित्र टोकियो,ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । सेन्ट्रल कलेज चितवनले चितवन जिल्ला फुटवल संघ संग समन्वय गरेर चितवन जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता बिकासका लागी कामहरु गरिरहेको छ ।

शनिवार मात्रै जिल्ला फुटवल संघ संग चितवन र नवलपुर संग मिलेर १०० भन्दा बढि फुटवल कल्व संग अन्तरक्रिया र परिचयात्मक कार्यक्रम संगै उनिहरुका लागी प्रतिकल्व २ वटा फुटवल बितरण गरेको छ । सेन्ट्रल कलेजले लगानी गरेर राष्ट्रिय स्तरको खेल खेल्न समेत खेलाडी पठाएको छ । फुटवल संगै कलेज लेवलका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लगाएत अरु धेरै कार्यक्रमहरु कलेजले गरेको पौडेलको भनाई छ । सेन्ट्रल कलेज चितवनले आफनो सामाजिक उत्तर दाईत्व अन्त्रगत हरेक दिन रचनात्मक र नयाँ कार्यक्रमहरु समाजमा लाने गरेको छ । चितवनको निकै पुरानो र सबैमाझ लोकप्रिय र बिद्यार्थीको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाका रुपमा सेन्ट्रल कलेज रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर