सवल केन्द्रले थप सबल बनाउने छ : सारिका चौधरी

शिक्षा

बिबेक भण्डारी ।
हात तथा खुट्टा गुमाएकाहरुको जिविको पार्जन गराउन सहयोग गर्नुपर्ने चौधरी फाउंडेशन द्वारा संचालित सिजी सबल केन्द्रकी कोषाध्यक्ष सारिका चौधरीले बताउनुभएको छ ।

सोमवार नवलपुरको कावासोती १६ डण्डामा रहेको सवल केन्द्रको निरिक्षण गर्दे चौधरीले सवल केन्द्रले हात तथा खुट्टा गुमाएकाहरु सामान्य जिविको पार्जन गर्न र आफ्नो दैनिकि चलाउन सहज गराउन सवल केन्द्रले भुमिका खेल्नु पर्ने बताउनुभयो । संघिय सासंद तथा नेपाली कांग्रेस का केन्द्रीय सदस्य माननीय विनोद चौधरीले समाजमा रहेका अध्यक्ष रहनु भएको चौधरी फाउंडेशन द्वारा नवलपुर जिल्लाको मध्य बिन्दु अस्पताल मा संचालित सिजी सबल केन्द्र कृत्रिम हात खुट्टा सेवा परियोजनाले हाल सम्म ८० जनालाई कृत्रिम हात खुट्टा प्रदान गरेको छ । चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृत्रिम खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याए पछि अहिले नेपालका विभिन्न स्थानमा सवल केन्द्र स्थापना गरेर हाथ ,खुट्टा नभएकाहरुले कृत्रीम हाथ ,खुट्टा जडान गर्न पाएका छन ।

पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखि ३० गते सम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भए । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएको फाउण्डेसनले जनाएको छ । नेपालमा करिव एक लाख मानिसका लागि कृत्रिम हात खुट्टाको आवश्यकता रहेको अनुमान छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर