https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

चौधरी ग्रुप र गोल्यानद्धारा रोजगारमुखी क्षेत्रमा लगानी गर्न चासो

शिक्षा

नवलपुर

हुप्सेकोट गाउँपालिकामा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुको चासो हुप्सेकोट गाउँपालिकामा कृषि तथा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न व्यावसायिक समूहहरु इच्छुक देखिएका छन् । हुप्सेकोट गाउँपालिकामा भएको छलफल पश्चात गोल्यान समूह र चौधरी ग्रुपले कृषि र स्वरोजगारमुखी क्षेत्रमा गाउँपालिका संग सहकार्य गरी लगानी गर्न चासो देखाएका हुन् ।

गाउँपालिका क्षेत्रमा रहेका कृषि उत्पादनको बजार प्रवर्द्धन , लगानी विस्तार , साना तथा मझौला उधोग प्रवर्द्धन , परम्परागत पेशालाई व्यवसायिक रुपान्तरण र विद्यालयमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे , गोल्यान समूहका पवन गोल्यान, चौधरी ग्रुपकी सारिका चौधरी , पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देल सहितको छलफल कार्यक्रमबाट रोजगारी र आर्थिक समृद्धिका क्षेत्रहरु पहिचान गरि लगानी गर्ने सहमति भएको हो । हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधि , कृषक, विद्यार्थी ,अभिभावक सहितको अन्तक्रिया कार्यक्रममा दोहोरो अन्तरसंवाद गरि सम्भावनाका क्षेत्रहरु पहिचान समेत गरिएको छ । विद्यालय तहदेखि नै सीप र रोजगारका क्षेत्रमा जोडनका लागि यसै आर्थिक वर्षदेखि गाउँपालिकाले पढदै कमाउदै कार्यक्रम सुरुवात गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भएको छ ।

हुप्सेकोट गाउँपालिकामा उत्पादन हुने तरकारी,अदुवा लगाएतका कृषि उत्पादनमा थप ऋण लगानीको वातावरण तयार गर्न आफुहरु तयार रेहेको गोल्यान समूहका पवन गोल्यानले बताउनु भयो । आर्गानिक कृषि मार्फत उत्पादन बृद्धि गरि त्यसलाई विदेश समेत निर्यात गर्न आफुहरु तयार रहेको गोल्यानले बतायो । आर्गानिक उत्पादनलाई माटो ब्राण्ड मार्फत बजारीकरण गरिहेको हुँदा यहाँ उत्पादन वृद्धि गर्न पिपिपि मोडलमा लगानी गर्न आफुहरु इच्छुक रहेको गोल्यान समुहका पवन गोल्यानले स्पष्ट पार्नुभयो । त्यसैगरी चौधरी ग्रुपको तर्फबाट सारिका चौधरीले हुप्सेकोटमा उत्पादन हुने आलु सिजि कम्पनिले खरिद गर्दै आएको स्मरण गर्दै सहकार्य बृद्धि गर्न तयार रहेको बताउनु भयो । महिलाहरुको क्षमता विकाश र सीप प्रवर्द्धनका लागि चौधरी फाउण्डेसन मार्फत कार्यक्रम सञ्चालन गर्ने चौधरीले बताउनु भयो । पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देलले विद्यालय तहदेखि नै सीप र अर्थोपार्जनका क्षेत्रमा ज्ञान बांड्नुपर्ने बताउनु भयो । हुप्सेकोट गाउँपालिकामा चालु आर्थिक वर्ष देखि नै विद्यालयहरुमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्न लागिएकाले त्यस कार्यमा आफुले सहकार्य गर्ने अभियान्ता सिग्देलले बताउनु भयो । कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले ३० हजार जनसंख्या रहेको गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा लैजान छलफल कार्यक्रम गरिएको बताउनु भयो । ज्ञान,सीप र पूँजी भएका व्यक्ति एवम् समूहहरुलाई गाउँपालिकामा नै भित्र्याएर सहकार्य गर्न लागि परेको पाण्डेले बताउनु भयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर