नेपाल प्रेस युनियन नवलपुरले केन्द्रिय अध्यक्ष शिव लम्साल सहित पाँच जनालाई सम्मान द्धारा

शिक्षा

नवलपुर

नेपाल प्रेस युनियन नवलपुरले केन्द्रिय अध्यक्ष शिव लम्साल सहित पाँच जनालाई सम्मान गरेको छ । प्रेस युनियनको हेटौंडामा हालै सम्पन्न नबौं अधिबेशनबाट निर्बाचित हुनुभएका अध्यक्ष लम्साल,उपाध्यक्ष नकुल अर्याल ,केन्द्रिय सदस्य घनश्याम बगाले ,कृष्णकुमारी ढकाल र पत्रकारिता बिधामा बिद्यावारिधी उपाधी प्राप्त गर्ने डा. भुमिराज चापागाईंलाई एक समारोहका बिच प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा शशांक कोईरालाले सम्मान गर्नु भएको हो । 


कार्यक्रममा बोल्दै डा कोइरालाले पत्रकारीता भनेको विचारको स्वतन्त्रता रहेको जनाउँदै अंकुस लगाएर पत्रकारीता नहुने जनाउनुभयो । उहाँले कुनै पनि मुलकमा जादाँ सबैभन्दाधेरै पत्रकार जुन मुलुकमा छन् त्यो मुलुक नै सबैभन्दा धेरै विकसीत मुलुक रहेको जनाउनुभयो । 

उहाँले आफु फेरी चौथो पटक चुनावमा किन उठ्ने भन्ने प्रश्नको जवाफ दिदैं, आफ्ना अधुरा सपना पुरा गर्ने उठ्ने बताउनुभयो । उहँले कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नं १ असंख्य सम्भावनाको पुञ्ज रहेको जनाउनुभयो । उहाँले देवघाट देखी त्रिवेणीसम्म नारायणयि नदिको किनारै किनार बैकल्पिक राजमार्ग बनाउने उहाँको सपना रहेको जनाउँदै त्यो सपना पुरा गर्न सहयोग गर्न अनुरोध गर्नुभयो । 

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन सदैव श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताउनु भयो । उहाँले श्रमजीवी पत्रकारहरुको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता ब्यक्त गर्दै यसका बिरुद्द कसैसंग सम्झौता नगर्ने बताउनुभयो । प्रेस युनियन कांग्रेसको शुभेच्छुक सस्था भएको उल्लेख गर्दै अध्यक्ष लम्सालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई स्वतन्त्र तवरले काम गर्न काँग्रेसले छुट दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व डा भुमिराज चापागाईंले पत्रकारिता क्षेत्रलाई जनताले सबै भन्दा बढी बिश्वास गर्ने बताउनु भयो । उहाँले जनताको बिश्वास लाई केन्द्रमा राखेर पत्रकारले सन्तुलित भएर काम गर्नु पर्ने बताउनु भयो । चापागाईंले नेपाली कला तथा सस्कृतीको संरक्षणमा रेडियोको भुमिका बिषयमा बिद्यावारिधी उपाधी प्राप्त गर्नु भएको हो । 
 
कार्यक्रममा प्रदेश सांसद ओमकला   गौतम , नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापती चन्द्रबहादुर राना,उपसभापती बालकृष्ण घिमिरे , सचिब होमराज रानाभाट ,  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष नकुल अर्याल , सम्मानित ब्यक्ती भुमिराज चापागाईं , नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । 

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर