नवलपुर
विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । प्रहरीका अुनसार उनीहरुको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–५ का तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया , छोरा बिश्राज बिरामी परेका हुन् ।
उनीहरुका छिमेकी नरमाया ठाडा र कला लम्काह पनि च्याउ खाएपछि बिरामी परेको प्रहरीले जनाएको छ ।