सामुदायिक वन दिवसको अवसरमा वृक्ष रोपण तथा अन्तरक्रिया

शिक्षा

कावासोती ।

सामुदायिक वन दिवसको अवसरमा कावासोती नगरपालिका ६, विष्णुनगरमा वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दिवसको अवसर पारेर डिभिजन वन कार्यालय नवलपुर, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र विष्णुनगर सामुदायिक वन उपभोक्ता समूहको सयुक्त आयोजना वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले आफ्नो वन आफैले संरक्षण गर्ने नीति सफल बनेको बताउनुभयो । राज्यले वन संरक्षणको जिम्मा स्थानीयलाई प्रदान गरेपछि वन संरक्षणमा सफलता मिलेको बताउनुभयो । विगतमा वन विनाश तिव्र हुने गरेकोमा राज्यले स्थानीयबाट संरक्षण गर्ने नीति सँगै सामुदायिक वनको अवधारणा आएपछि वन संरक्षणमा हुन पुगेको बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले राजनीतिक दलहरूले मतको राजनीति गर्दा बेलाबेलामा वनमा अतिक्रमण हुने गरेको बताउनुभयो । आफूलाई मत आउँछ कि भनेर वनका जमिन अतिक्रमणका घटना हुने गरेको भन्दै यस तर्फ सबै गम्भिर बन्नुपर्ने बताउनुभयो ।वन  र पर्यावरण, वन र हावापानी, वन र मानव स्वास्थ्य बिचको सम्बन्ध र वनको महत्वलाई बुझेर यसको संरक्षणमा लाग्नुपर्ने नगर प्रमुख भुसालले बताउनुभयो । विष्णुनगरमा गरिको वृक्ष रोपण लाई सफल बनाउन यसको संरक्षणमा ध्यान दिनुपर्ने समेत उहाँले बताउनुभयो ।


सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य देविमाया घिमिरेले स्थानीय सरकारले सरोकारवालाहरु सँगको समन्वयमा  वन ऐन बनाएर यसको संरक्षण र सदुपयोग गर्नुपर्ने बताउनुभयो । वनको संरक्षण सामुदायिक वनको अवधारण आए पछि भएको बताउँदै उहाँले यसमा पनि महिलाहरूको प्रतिनिधित्व धेरै भएको बताउनुभयो । उहाँले हालै बनेको ऐनमा विभिन्न ८ बुँदामा आफूहरू असहमत रहेको समेत बताउनुभयो । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले वनको संरक्षणले पृथ्वीको बढ्दो तापमान रोक्न र जलवायु परिवर्तन रोक्न सहयोग पुग्ने बताउनुभयो । यसका लागि वनका खाली जमिनको सदुपयोग गर्दै जानुपर्ने, वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । वन संरक्षणमा विभिन्न चुनौति रहेपनि स्थानीय सहित  सबै सरोकारवालाहरू संरक्षणमा  लाग्नुपर्ने डिभिजन वन कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारण र वन संरक्षणमा सामुदायिक वनले खेलेको भूमिकाका विषयमा समेत जानकारी प्रदान गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले हिजोका दिनमा सामुदायिक वन संरक्षणको अवस्थामा रहेकोमा अब समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । सामुदायिक वनले उपभोक्ताको जिविकोपार्जनमा सुधार गर्नुपर्ने बताउनुभयो । यसमा केही नीतिगत चुनौती रहेको बताउँदै भोलिका दिनमा जनप्रतिनिधि ,सरोकारवालाले यि चुनौती हटाएर सामुदायिक वनलाई समृद्धि र उद्योगतिर जोड्नेतर्फ लाग्नुपर्ने  अध्यक्ष   पाण्डेले बताउनुभयो । 

विष्णुनगर सामुदायिक वनका अध्यक्ष घनलाल सापकोटाको अध्यक्षता , एन्साब नेपालका फिल्ड कोर्डिनेटर चण्डीका अम्गाईको स्वागत र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर सचिव सीता भुसालको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष तबारक अहमद मिया, ६ का अध्यक्ष यम बहादुर थापा, वन तथा पर्यावरण सुरक्षा गणका मेजर क्षेत्रजंग हमाल, प्रहरी नायव उपरीक्षक सन्तोष पाठक, वनका सरोकारवाला, समाजसेवी , स्थानीय लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।  सो क्रममा विष्णुनगरको खाली चौरमा कपुर, तेजपत्ता, अम्बा लगायतका करिब दुई सय विरुवा रोपण समेत गरिएको थियो ।

यो समाचार नवलपुर प्रेसमा दयाराम आचार्यद्धारा लेखिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर