काठमाडौँ —
बझाङको बुंगल नगरपालिका ९ स्थित एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरूका अनुसार एकै परिवारका आमा, छोरी र छोरा मृत अवस्थामा भेटिएका हुन् ।
घटनास्थलमा अहिले प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले कान्तिपुरलाई बताएका छन् । बुंगल ९ की गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीय छोरा मृत भेटिएको प्रहरी निरीक्षक अवस्थीले बताए ।
अस्वथीका अनुसार तीनै जना घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा देखिएका छन् । साथै भारतमा रहेका गीताका श्रीमान पुष्कर गत राति मात्रै घरमा आइपुगेका थिए ।