देवचुली, माधब सुवेदी
देवचुली नगरपालिका वडा नं १६ रजहरमा एक दिने खेलकुद महोत्सव सम्पन्न भयको छ । कार्यक्रम बालबालिकाहरुको व्यक्तित्व,शारिरीक र मानसिक बिकास स्तर उन्नती साथै देशको खेलकुद विकासमा सहयोग पुर्याउनु हो भन्ने मुख्य उदेश्यका साथ सो कार्यक्रम गरिएको हो । बालक्लबद्वारा देवचुली नगरपालिकामा पहिलोपटक १ दिने खेलकुद महोत्सब गरिएको हो ।
कार्यक्रमको अध्यक्षता कालिका बाल क्लबकी अध्यक्ष प्रेक्षा भुसालले गर्नुभयको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथीको रुपमा देवचुली नगर खेलकुद संम्योजक सुभास ओझा, नवलपुर बाल सन्जालकी अध्यक्ष कृशला शर्मा, देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतम रहनुभएको थियो भने बिशेष अताथीको रुपमा देवचुली वडा नं १६ की वडा सदस्य जानकी लामिछाने, वडा बाल सन्जालकी अध्यक्ष सबिता लामिछाने, राष्ट्रिय खेलकुद संघकी वडा सदस्य सोनी बस्नेत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुलि नगरपालिकाका नगर प्रमुख न्यौपानेले खेलकुदको माध्यमबाट शारिरीक र मानसिक बिकास संगै देश विकासमा पनि राम्रो भुमिका रहने बताउदै सानो सोच भयका १५ बर्ष मुनिका बालबालिकाहरुले गरेको कार्यक्रम प्रति उच्च सम्मान गर्नुभयो । उहाले बालबालिकाहरुको क्षेत्रमा गर्नु पर्ने कदमहरु मा देवचुली नगरपालिकाको तर्फबाट जुनसुकै सहयोग गर्न पनि आफू प्रतिबद्धता रहेको बताउनुभयो । खेलकुद महोत्सवमा १ सय मिटर दौड, स्पीकीङ, घैटो फुटाई, फुटबल प्यनाल्टि, चम्चा गुच्चा, तातो आलु, म्यूजिकल चियर लगाएतका खेलहरु भयको थियो । कालिका बाल क्लब देवचुली १६ रजहरले आयोजना गरेको १४ बर्ष मुनिका बालक्लबहरु बिचको खेलहरु निकै उत्कृष्ठका भएको थियो । देवचुली नगर मै पहिलोपटक १ दिने खेलकुद महोत्सब आयोजना गरेको आयोजकले दाबि गरेको छ ।