जापनिज इनसेफलाइटिसबारे वडामा सचेतना कार्यक्रम सुरु गरेका छौँ: स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ

शिक्षा

बिबेक भण्डारी ।
जापनिज इनसेफलाइटिसको संक्रमण र यसको जोखिम बढेको भन्दै सचेत रहन देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ । केहि दिन अघि मात्र देवचुली नगरपालिका वडा नम्बर १ मा दुइ जनामा जापनिज इनसेफलाइटिस संग लक्षण मिल्ने रोगका कारण ज्यान गएको भन्दै स्वास्थ्य शाखाले अहिले नगरको वडा नम्बर १ र २मा सचेतना सम्बन्धि कार्यक्रम सुरु गरेको हो ।

देवचुली स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार जापनिज इनसेफलाइटिस यस अघि नवलपुर जिल्लामै नदेखीएको तर अहिले यसको लक्षण देखिएको कारण सचेतना अभियान संञ्चालन गरेको बताए । ‘अहिले सम्म जिल्ला मै देखिएको छैन, पहिलो पटक देवचुली नगरपालिकाको वडा नम्बर १मा देखियो’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने । उनका अनुसार जापनिज इनसेफलाइटिसको संक्रमण रोक्न र यसबारे जानकारी गराउन देवचुली नगरपालिका वडा नम्बर वडा नम्बर एकको गर्दुहवा, देवचुली २ कै पुर्नवास र सोही वडाको शाश्वतधाम अगाडि सचेतना कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनका अनुसार सचेतना कार्यक्रममा स्थानीयहरुलाई टोलटोलमा गएर यसबाट बच्ने उपायबारे ज्ञान प्रदान गर्ने गरेको बताए ।

रोग बाट बच्न आफ्नो घर वरपर सफा राखौ, लामखुट्टेको नियन्त्रणको लागि पानी जम्ने ठाँउमा नजम्ने उपाय , राति सूत्दा झुलको प्रयोग , शरिरमा ज्वरो आएमा तुरून्त नजिकैको स्वास्थ्य संस्था जानुपर्ने लगायतका बारेमा जानकारी प्रदान गरे । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सर्कुलरमा रोग नियन्त्रण र यसको असर फैलन नदिन औषधी छर्कने कार्यक्रम समेत आयोजना गर्ने जानकारी गराए । कार्यक्रममा स्वास्थ्य शाखाका तर्फबाट सिता न्यौपाने, आधारभुत स्वास्थ्य सेवा केन्द्रका पुष्पा मगर लगायतको सहभागिता रहेको थियो । देवचुली नगरपालिका वडा नम्बर २ का वडा सदस्य सानु भण्डारी, सदस्य सरस्वती पाठकको समेत उपस्थीत रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर