बिबेक भण्डारी, नवलपुर ।
उद्योगको विकासले राज्यको आर्थिक विकास हुने उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बढुले बताउनुभएको छ ।
विहिबार नवलपुरको विनयीत्रिवेणीमा रहेको होङसी सिमेन्ट र नवलपुरकै देवचुलीमा रहेको चौधरी उद्योग ग्राम अवलोकन गर्दे मन्त्री बढुले उद्योगको विकास अहिलेको आवस्यकता रहेको बताउनुभयो । नवलपुरमा रहेका उद्योगहरुको व्यवस्थापन र औद्योगीक क्षेत्र निर्माणको आवस्यकता रहेको समेत मन्त्री बढुले बताउनुभयो । उद्योग स्थापना भएका क्षेत्रहरुमा विकासको पूर्वाधारहरु पनि बढेको बताउदै नवलपुरमा बिनोद चौधरीले स्थापना गरेको चौधरी उद्योग जस्तै धेरै उद्योगहरु संञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नवलपुर कै कावासोती नगरपालिकामा रहेको औद्योगिक क्षेत्रका लागि छुट्याइएको स्थानको समेत अवलोकन गर्नुभएका मन्त्रीले उद्योग स्थापनाका लागि भौगोलीक हिसाबले सवल क्षेत्र नवलपुर हुन सक्ने समेत बताउनुभयो ।