अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड ८ घण्टा पछि सञ्चालनमा

शिक्षा

चितवन ।

पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड ८ घण्टा ३० मिनेट पछि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा ठूलो पहिरो खस्दा आज बिहान ५ः५० वजे देखि अबरुद्ध सडक दिउँसो २ः२५ बाट सञ्चालनमा आएको हो । पहिरोका कारण सडक दुई तर्फि अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार पहिरो पन्छाए संगै रोकिएका सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।

पहिरो पन्छाउनका लागि दुई लोडर, दुई व्याक हो लोडर र एउटा एक्साभेटर प्रयोग गरिएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर