२४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शिक्षा

काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७ सय ३२ जनाको पीसीआर र १ हजार ८ सय २५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर