नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन

शिक्षा

नवलपुर ।

मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि नवलपुरमा काँग्रेस भित्र तरंग सुरु भएको छ । बिहिबार नवलपुर निर्वाचन क्षेत्र नं. १ का लागि उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो । आवेदनका लागि भदौ १८ सम्मको मिति रहेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनुभयो ।

क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठका अनुसार बिहिबार पहिलो दिन प्रत्यक्ष तर्फ काँग्रेस नेताहरु ओमकला गौतम, महेन्द्रभक्त अधिकारी र गणेश सापकोटाको उम्मेद्वारीका लागि आवेदन परेको छ । यस्तै समानुपातिक उम्मेद्वारका लागि ५ जनाको उम्मेद्वारी परेको छ ।

काँग्रेस नेताहरु हेमराज कोइराला, धनबहादुर मास्के राना, मैना कामी, भानु सिग्देल, विना कुमारी थनेतको आवेदन परेको छ । काँग्रेस नेतृ मैना कामीले भने प्रदेश र संघ दुबै तर्फ समानुपातिकमा उम्मेद्वारीका लागि आवेदन दिनुभएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर