चितवन ।
भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई स्वागत गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गर्नु भएको थियो । सापकोटा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समुह) मा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफ्नो कार्यकालमा भष्ट्राचार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाको सुशासनलाई थप सुदृढ गर्न कुनै पनि कसुर बाँकी नराख्ने उहाँको भनाई थियो । सापकोटाले प्रशासनिक जीवनको दौरानमा धेरै महत्वपूर्ण कार्यहरु गर्न सफल भइसकेको बताउदै भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्नेतर्फ लाग्ने उल्लेख गर्नुभयो ।
यसैबीच बिहीबार नै भरतपुर महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सम्मानसहित विदाई गरिएको छ । सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समुह) मा सरुवा हुनु भएको छ । सुवेदीले भरतपुर महानगरपालिकालाई डिजिटल बनाउन आफ्नो कार्यकालमा विषेश जोड दिएको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरलाई स्र्माट सिटी निर्माण गर्ने महानगर प्रमुख, उपप्रमुखको सपनाअनुसार कार्य सम्पादनमा खटिएको सुवेदीको भनाई थियो । सुवेदी ११ महिना ६ दिनको कार्यकाल पुरा गरी भरतपुरबाट विदाई हुनु भएको हो ।
त्यस्तै महानगरपालिकाले उमेर हदका कारण निवृत्त भएका र स्वेच्छिक अवकाश लिएका १० जनालाई सम्मानसहित विदाइ गरिएको छ ।