अस्थायी प्रहरी चौकी स्थापना प्रकृयामा छ , हामी ल्याउछौँ : वडा अध्यक्ष थापा

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर चारमा अस्थाइ प्रहरी चौकि स्थापना गरिने भएको छ । देवचुली नगरपालिका जनप्रतिनिधिहरुले सय दिनमा गरेका कार्यहरुको प्रगतिविवरणमा देवचुली वडा नम्बर ४ मा अस्थाई प्रहरी चौकी निर्माण गर्ने निर्णय भएको छ । यता देवचुली वडा नम्बर चारका वडा अध्यक्ष गिरबहादुर थापा रामले वडाको शान्ति, सुरक्षाको लागि प्रहरी कार्यलय आवस्यक रहेको हुदा यसको प्रकृयामा लागेको बतताउछन । ‘हामि प्रकृर्यामा र्छा, जिल्ला प्रहरी कार्यलय , प्रशासन कार्यलयमा निवेदन र आवस्यक कागजात बुझाएका छौ ।’ वडा अध्यक्ष थापाले भने ।
अस्थायि प्रहरी कार्यलय कहाँ बस्छ ?
वडा अध्यक्ष गिरबहादुर थापाका अनुसार वडामा अस्थायि प्रहरीका लागि आफुहरुले स्थान व्यवस्थापन र त्यसको खोजि गरि सकेको बताए । ‘हामिले शान्ती डाँडामा एउटा भवन छ सोहि भवनमा व्यवस्थापन गछौँ’ वडा अध्यक्ष थापाले बताए ।
कति रहन्छन प्रहरी ?
वडा अध्यक्ष थापाका अनुसार प्रहरी कार्यलयका लागि ३ जिना प्रहरीहरु रहन्छन । त्यो बाहेक वा धेरै भएमा सात जना प्रहरी रहन्छन थापाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यलय नवलपरासी वर्दघाट सुस्ता पूर्वको निर्देशन अनुसार हुने बताउछन ।
अस्थायि प्रहरी कार्यलय वडामा आउने भने पछि वडाका स्थानियले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर