बिबेक भण्डारी,
मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले उत्पादन गरेको नयाँ ब्राण्ड चितवनमा ल्याएको छ । सारंगी ब्रान्डको ह्विस्की बजारमा ल्याएको यस कम्पनीले हाल सेतो बाघ ब्रान्डमा मदिरा भोड्का बजारमा ल्याएको हो ।
सारंगी ब्रान्डको ह्विस्कीले मदिरा पारखीहरूको मन जित्दै गइरहेको र कम्पनीले एक अर्को उत्कृष्ट ब्रान्डको ‘सेतो बाघ’ भोड्का बजारमा उपलब्ध गराएको नेचुरल स्परिट्स नेपाल प्रालिका अध्यक्ष हरि सिटौलाले जानकारी दिए । बजारमा उपलब्ध अन्य भोड्का भन्दा भिन्न तर उत्कृष्ट स्वाद रहेको दाबी गरिएको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीको दाबि छ । कम्पनीका अध्यक्ष असिम सिटौलाले कम्पनी खलेर नाफा संगै सामाजिक उत्तरदायित्व प्रति पनि जिम्मेवार बन्नुपर्ने र यसै अन्तरर्गत रहेकर देशमा भएका बाघहरूको संरक्षणमा समेत चासो राख्ने भन्दै कम्पनीले नाम नै सेतो बाघ राखेको जानकारी दिए ।
यो भोड्का हिमाली झरनाको पानी र युरोपबाट आयातित कच्चापदार्थ बाट नेपाली स्वादमा तयार गरिएको कम्पनीले बताएको छ। भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ।
उनका अनुसार भोड्काको बोतल मै सेतो बाघ अंकति बाघको तस्बीर समेत रहेको बताए । चितवनमामा भब्य कार्यक्रमका विच उद्घाटन गरिएको थियो । सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।