हास्यकलाकार बुद्धि तामाङ विवाहा बन्धनमा

शिक्षा

काठमाडौं ।

सानो पर्दाबाट चम्किएका हास्यकलाकार बुद्धि तामाङले आज शुक्रबार विवाह गरेका छन् ।

मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले शुक्रबार विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् ।

११ वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । साथै उनको ‘हैट’ थेगो निकै लोकप्रिय मानिन्छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर