नगर प्रमुखको सक्रियता : देवचुली खण्डमा बिग्रिएको सडक मर्मत सँगै कालोपत्रे गर्ने काम सुरु

शिक्षा

देवचुली

देवचुलीका नगर प्रमुखको सक्रियतामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मत सँगै कालोपत्रे गर्ने काम सुरु भएको छ । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुसँग पटक पटक बैठक बसी सडक मर्मतको काम अघि बढाउन पहल गर्नुभएको हो। देवचुली खण्डमा भएका खाल्डा पुर्न सुरु गरेको निर्माण कम्पनीले शुक्रबारबाट लोकाहा पुल पूर्वबाट कालोपत्रे सुरु गरिएको हो ।


सडकखण्डको स्तरोन्नतिको क्रममा बिग्रिएका सडकका कारण दैनिक सवारी दुर्घटना बढिरहेको, यात्रुहरुलाई सास्ती भैरहेकोले खाल्डाहरु पुरी कालोपत्रे गरि व्यवस्थित बनाउन निर्माण निरन्तर दबाब दिईएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

सोमबार लोकाहा पूलबाट पूर्वतर्फ मर्मतको काम सुरु गरेको निर्माण कम्पनीलाई निरन्तर बाटोमा पानी राखि धुलोमुक्त गराउन, पहिलो चरणमा खाल्डा पुर्ने गरि काम सुरु गर्न र तत्काल नै खाल्डा भएका सडकहरुलाई कालोपत्रे गर्नका लागि निरन्तर दबाब दिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर