देवचुली जुगनु पाउरोटी उद्योगको बदमासी, म्याद नाघेको मैदाबाट पाउरोटी

शिक्षा

ज्ञानु पंगेनी , नवलपुर ।

नवलपुरको देवचुली नगरपालिका १५ प्रगतीनगरमा रहेको जुगुन पाउरोटी उद्योगबाट ठूलो मात्रामा अखाद्य सामाग्री बरामद गरिएको छ । उद्योग संचालक मराफिक अहमदलाई नियन्त्रणमा समेत लिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा उद्योगमा खानतलासी गर्दा उद्योगले उत्पादन गरेर सबै बेकर आइटम म्याद नाघेको मैदाबट उत्पादन भएको पाएपछि उद्योगलाइ कारवाहि प्रकृया अगि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख सागर खनालले जानकारी दिनुभयो । उत्पादन गर्ने प्लान्टबाट २२ बोरा म्याद नाघेको मैदा बरामद गरिएको छ ।

यस्तै उत्पादना प्रयोग हुने विभिन्न केमिकल , क्रिम समेत म्याद नाघेको पाइएको छ । टोलीले ११७ पिस पउरोटी , ३०२ प्याकेट गोलो पाउरोटी ( एक प्याकेटमा ३ थक्की रहेको ) ९४४ प्याकेट पप ( एक प्याकेटमा ५ पिस भएको ) २३७ प्याकेट गोलो बिस्कुट , ५२ प्याकेट टोस्ट १०८ प्याकेट क्रिम रोल बरामद गरिएको कर्यालय प्रमुख खनालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरी टोलीले सामाग्री बरामद गरेको हो ।


अनुगमन टोलीले उद्योगमा यस अघि पटक पटक अनुगमन गरेर उद्योगलाई मापदण्डभित्र रहेर उत्पादन गर्न अनुरोध गर्दै आएको थियो । तर उद्योग सञ्चालकले कुनै पनि कुरा पालना नगरेको पाईपछि र जनगुनासो समेत आएपछि उद्योगमा छापा हानेर कारवाहि गरिएको खनालले बताउनुभयो । उद्योगमा यस अघि गरिएके अनुगमनमा पनि लेबल टाँस नगरिएको , पाएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर