https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

स्व.माधव प्रसाद पाठकको स्मृतिमा विद्यालयलाई पिउनेपानी ट्यांकी हस्तान्तरण

शिक्षा

देवचुली,
स्व.माधव प्रसाद पाठकको स्मृतिमा देवचुली ५ को सकला मा विलाई पाचँ हजार घनमिटरको खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ । २०४३ सालमा सकला मा.विको कक्षा ३ मा अध्ययनरत छात्र स्व.माधव प्रसाद पाठकको स्मृतिमा एक कार्यक्रमको अयोजना गरि विद्यालयमा ५ हजार लिटरको खानेपानी ट्यांकीको निर्माण गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा ट्यांकीको हस्तान्तरण गरिएको हो ।

ंस्व.माधव प्रसाद पाठकका पिता तिल प्रसाद पाठक, माता मनमाया पाठक, भाइहरु केशव पाठक र हरि पाठकबाट निर्मित ५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानीको ट्यांकी निर्माण गरि हस्तान्तरण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्व.माधव प्रसाद पाठकका पिता तिल प्रसाद पाठकले छोराको सम्झनामा र विद्यार्थीहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउने उदेश्यले ट्यांकी निर्माण गरि हस्तान्तरण गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण प्रसाद सापकोटाले आफूले पठाएको ईमानदार र लगनशील विद्यार्थी त्यो समय गुमाउनु पर्दा निकै दुःख लागेको बताउँदै श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । उहाँले पाठकको सम्झनामा खानेपानी ट्यांकी निर्माण गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा देवचुली वडा नं १ का वडाध्यक्ष कृष्ण बहादुर केसी, वडा नं ३ का वडाध्यक्ष होमनाथ पौडेल, सि.जि.आई.पि.का प्रमुख रामकाजी सिटौला, विद्यालयका बालक्लब अध्यक्ष पूजा कंडेल, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी भट्टराइको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका शिक्षक कृष्ण वाग्लेले सहजीकरण गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर