नमुना सन्देश साप्ताहिकको सातौ वर्षिक उत्सव : विविध कार्यक्रम आयोजना गरि मनाउदै

शिक्षा

बिबेक भण्डारी ।
नवलपरासी वर्दघाट सुस्ता पूर्वको नमुना सन्देश साप्ताहिक पत्रिकाले आफ्नो सातौ वर्षिक उत्सवको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरेको छ । जिल्लाको सदरमुक्काम कावासोतीबाट प्रकाशन हुने पत्रिकाले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा आइतवार ‘स्थानीय तहको नीति:उद्यमशीलता र रोजगारी सृजना’ विषयमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका विश्वकर्माले स्थानीय तहले रोजगार सृजना गराउने खालका कार्यक्रमहरु ल्याउनुपर्ने र त्यसले प्रभावकारी दिनुपर्ने बताउनुभयो ।

उहाँले रोजगारको आधारहरु के के हुन सक्छन सोको पहिचान गरि स्थानीय तहले आफ्नै क्षेत्रमा रोजगारका बाटाहरु खोल्न पर्नेमा जोड दिनुभयो । देशमा अहिले रोजगारको समस्या र यसले ल्याएको परिस्थीतिका विषयमा सबैले बुझ्न आवस्यक रहेको बताउदै रोजगार सृजना हुने कार्यक्रम नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नवलपुरबाट लामो समय देखि प्रकाशन हुदै आएको नमुना सन्देश साप्ताहिक पत्रिका सातौँ वर्ष पार गरि आठौँ वर्षमा लागेकोमा शुभकामना व्यक्त गर्नुभयो । आयोजित अन्तरक्रिया कार्यक्रममा गेडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाको विशेष आतिथ्यता रहेको थियो । उहाँले स्थानीय तहले रोजगार सृजना गर्न र यूवाहरुलाई देशमै रोजगारको वातावरण नितान्त आवस्यक रहेको बताउदै गाउँमै रोजगारका अवसर धेरै रहेको बताउनुभयो ।

कार्यक्रममा ‘स्थानीय तहको नीति:उद्यमशीलता र रोजगारी सृजना’ का विषयमा विद्रोहि गिरीले मुलुकमा रोजगार अभावका कारण हुने समस्या र स्थानीय तहले रोजगारका लागि ल्याउने कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । नमूना सन्देश साप्ताहिकका प्रकाशक भविश्वर पाण्डेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा । कार्यक्रममा मध्यविन्दु,कावासोती नगरपालिकाका प्रमुख एवं उपप्रमुख, जिल्लामा रहेका विभिन्न सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला लगायत पत्रकारहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको पत्रकार अर्जुन सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर