बिबेक भण्डारी ।
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुली नगरकमिटीले सास्कृतीक कार्यक्रम आयोजना गनेभएको छ । अनेरास्ववियु देवचुली नगरकमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दे अखिल साँझ – २०७९ गर्ने भएको जनाएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रिय कमिटी सचिवालय सदस्य एवं एमाले नवलपुरका सदस्य सागर न्यौपानेले गरीब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सहयोगार्थ अखिल साँझ – २०७९ आयोजना गरेको जानकारी दिए ।

देवचुली नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १०० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्य सहित असोज १४ गते जनज्योति नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गर्ने आयोजकले जानकारी गराए । राष्ट्रिय कलाकारहरु रचना रिमाल, कोमल ओली, देवेन्द्र बब्लु , प्रजापति पराजुली र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछ ।
करीब ५ लाख रुपैयाँ सहयोग संकलन गरेको र अनेरास्ववियुले त्यसमध्येबाट २ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । अखिल यस्तै बिहीवार बिहान ७ बजे दलदले चोकदेखि कार्यक्रमस्थलसम्म सरसफाइ कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका नेता प्रकाश काफ्लेले जानकारी दिनुभयो। अखिल साँझ अवलोकनका लागि प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।