https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

गण्डक ब्यारेजमा नारायणी नदिको जलसतहले चेतावनी तह ,ब्यारेजका ३६ वटा ढोका खोलिए

शिक्षा

नवलपुर ।

लगातार परेको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी स्थित गण्डक ब्यारेजमा नारायणी नदिको जलसतहले चेतावनी तह पार गरेको छ । बिहान १० बजेको मापन अनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानी २ लाख ८६ हजार ८ सय क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो । गण्डक व्यारेजमा २ लाख ५० हजार क्युसेक जलसतह पुगे पछि चेतावनी र तीन लाख क्युसेक पुगे खतराको तह मानिन्छ ।


नारायणी नदिमा पानीको सतह बढेपछी प्रहरीले गैँडाकोट, मध्यविन्दुको कोल्हुवा र त्रिवेणी क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ । गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । बिहान २२ वटा ढोका खोलिएकोमा पानीको सतह थप बढेसँगै १० बजेपछि सबै ढोका खोलिएको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो ।


पानीको सहत बढ्दा त्रिवेणीबाट नदिको भाथिल्लो भेग कोल्हुवा, पिठौली, देखि गैंडाकोट सम्म पानीको सतह बढ्न गई डुबान हुने खतरा बढ्छ । यस कारण ब्यारेजका सबै ढोका खोलिएको हो । पानी ब्यारेजमा थुनिदा ड्याम फुट्ने जोखिम समेत उत्तिकै हुने गर्दछ । भारतिय पक्षसँग समन्वय गरि नेपाल र भारतर्फ पर्ने गण्डक ब्यारेजका सबै ढोका खोलिएको हो । नारायणी नदीमा पानीको सतह बढेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर