संघ र प्रदेश सभा : नेकपा एमाले नवलपुरका सबै क्षेत्रका उम्मेदवार टुङ्गो लाग्यो

शिक्षा

दयाराम आचार्य

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले नवलपुरका सबै क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । मंसिर ४ गते हुने निर्वाचनको मनोनयनको अघिल्लो दिन उम्मेदवार टुङ्गो लागेको हो ।
जस अनुसार संघ तर्फ क्षेत्र नम्बर एकमा कृष्ण पौडेल र क्षेत्र नम्बर २ मा तिलक महत उम्मेदवार बन्नु भएको छ । जिल्लाको चार वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सभा १ –क, मा रविन्द्र अधिकारी, प्रदेश सभा १ -ख, मा रोशन बहादुर गाहा उम्मेदवार बन्नुहुने भएको छ ।
यसैगरि प्रदेश सभा २ -क ,मा पद्मा जिसी र प्रदेश सभा २ -ख, मा लक्ष्मण पाण्डे उम्मेदवार बन्ने पक्का भएको हो । उता गठबन्धनमा भने अझैपनि कुन क्षेत्र कस्ले प्राप्त गर्ने र उम्मेदवार को बन्ने भन्ने अन्योल कायमै रहको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर