कुमसोतमा अटो दुर्घटना

शिक्षा

देवचुली,
नवलपुरको पहाडी मार्ग अन्तरर्गत देवचुली ६ कुमसोतमा अटो दुर्घटना भएको छ । प्रहरीले जानकारी गराए अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गर्दा ग.प.०४ ह ००१ ह ००११ नम्बरको अटो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । 

अटो चालक रुक कुमार बाचे मगर सहित ८ जना घाइते भएको अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ । देवचुली १४ बस्ने बर्ष ३६ की मनिसरा थापा, सोही ठाउँ बस्ने बर्ष ३२ की श्रीकला गरम्जा मगर, बर्ष १६ की रिनुमाया थापा, देवचुली १३ बस्ने बर्ष ६० की ईरा सारु, सोही ठाउँको बर्ष १६ को कुमार सारु सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाटो अप्ठ्यारो भएको कारण अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइते उपचारका लागि भरतपुर पठाइएको छ । 

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर