देवचुली केउरेनीमा कार्तिक १६ देखि १८ सम्म एकादेशी मेला ।

शिक्षा

बिबेक भण्डारी ।
एकादशी धार्मिक महत्वको संरक्षण गर्न नवलपुरको देवचुलीमा एकादशि मेला आयोजना हुने भएको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दे सादको वर्ष जस्तै यस वर्ष पनि मेला आयोजना गर्न लागिएको आयोजक मध्यवर्ती सामुदायिक वन उपभोक्ताले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दे वनका अध्यक्ष देवीलाल देवकोटाले परम्परागत रुपमा चल्दै आएको एकादशी मेला यो वर्ष पनि आयोजना गर्ने र यसको व्यवस्थापना आफुहरु जुटेको बताए । उनका अनुसार एकादशी मेलाको लागि मेलामा लाग्ने स्टल खुल्ला गरेको बताए । सुरक्षाको व्यवस्थापन, नदीमा स्नान गर्ने व्यवस्थापन लगायतका कार्यहरु सुरु गरेको बताए । ‘ सदा झै यस वर्ष पनि हामिले केउरेनी स्थीत नारायणि किनारमा मेला आयोजना गर्दे छौँ । ’ अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार मेलालाई व्यवस्थीत गर्न यसै क्षेत्रका युवाहरुलाई परिचालन गर्ने र युवाहरुले नै यसलाई संञ्चालन गर्ने बताए । ‘यहाँका युवा समुहहरु छन , युवाहरुले पनि केहि गर्नुपर्छ र युवा क्लवहरुलाई पनि सहयोग पुगोस् भन्नका निमित्त युवाहरुलाई नै परिचालन गरेका छौँ’ देवकोटा बताउछन । यस्तै मेलामा स्टलका लागि व्यवशायिकहरुलाई स्टल बुकिङ्गका लागि आह्वान गरेको मेला व्यवस्थापन समितिका सुबास ओझाले बताए । ‘विशेष गरी स्थानिय उत्पादन र स्थानियरुपमा संरक्षण गर्नुपर्ने विषयहरुलाई महत्व दिएका छौ’ आझोले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सिसवार मध्यवर्ती उपभोक्ता समितिका सचिव मनोहरी पौडेलले धार्मिक रुपमा महत्व बोकेको एकादशी मेला निरन्तर संञ्चालन गर्ने उद्देश्य अनुरुप मेला संञ्चालन हुन लागेको जानकारी दिए । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बलराम गैरे , स्थानिय युवाहरुको पत्रकार सम्मेलनमा उपस्थीत रहेको थियो । मेला कार्तिक १६देखि १८ गते सम्म चल्ने छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरु संगै धार्मिक एकादशी कथा बाचन हुने समेत आयोजकले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर