भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भइरहेको छ : मेयर रेनु दाहाल

शिक्षा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।
बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पातल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भईरहेको उल्लेख गर्नुभयो ।


आगमी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट विनियोजन गर्ने मेयर दाहालको भनाई थियो ।
देशको केन्द्र भागमा रहेको अस्पतालमा शिक्षण अस्पताल सञ्चालनका लागि प्रयाप्त जनशक्ति रहेकाले शिक्षण अस्पताल निर्माण गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।
उहाँले अस्पतालमा निर्माण भएको कुरुवा घर र आकस्मिक भवन तोकिएकै मितिमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरिसकेको छ ।
अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो ।  अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गतेदेखि ५० शैया नै सञ्चालनमा आउने छ  । यो भवनको माथिल्लो तलामा ट्रमा सेन्टर निर्माण गर्न सके धेरै विरामीको ज्यान बचाउन सकिने मेसु पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुर अस्पताललाई केन्द्रीय सरकारले देशकै महत्वपूर्ण अस्पातलको रुपमा हेर्ने गरेको बताउनुभयो । अस्पताललाई केन्द्रीय अस्पातलको सेवा सुविधा उपलब्ध गराउने गरी कामहरु अगाडि बढेको जानकारी दिनुभयो ।
आकस्मिक भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो । अस्पतालले ६ सय शैयाको सेवा प्रदान गर्दै आइरहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर