बाघ बस्ती पस्दा स्थानीयमा त्रास

शिक्षा

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सात त्रिवेणीमा बाघले जनावर माथि आक्रमण  गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
विनयी त्रिवेणीमा यस अघि पनि बाघले जनधनको क्षति पुर्याएको थियो ।  यसअघि बाघले राजमार्ग आसपासको  क्षेत्रमा आतंक मच्चाएको थियो । तर , अहिले फेरी त्रिवेणी क्षेत्रमा बाघले घरपालुवा जनवारलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका हुन । मध्यवर्ती वन क्षेत्र आसपासको बस्ती विनयी त्रिवेणी ७  फट्टिखोला टोलमा केही दिन अघि  प्रेम गुरूङ्गको बंगुर बाघले खाएको थियो । हिजो राति फेरी गुरुङकै भैँसीको पाडा खाएको छ । सो क्षेत्रका स्थानीयको घर पालुवा जनावार माथी बाघको आक्रमण बढेपछि स्थानीयले बाघ नियन्त्रण लिएर जनधनको रक्षा गर्न माग गरेका छन् ।


घटनाका बारेमा बुझ्न विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार  घटना स्थलमा पुग्नुभएको थियो । उहाँले बाघ नियन्त्रणका लागि निकुञ्जसँग सम्पर्क गरेको बताउनुभयो । निकुञ्ज प्रशासनबाट घटना स्थलमा सोधपुछ गर्ने काम समेत भएको उहाँले जानकारी दिनुभयो । स्थानीयले जतिसक्दो छिटो बाघ नियन्त्रणमा लिन अनुरोध समेत गरेका छन् । 


निकुञ्जबाट समेत बाघ नियन्त्रणमा लिने बारेमा आवश्यक छलफल गरेर प्रकृया अघि  बढाउने जानकारी आएको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो । 

यो समाचार नवलपुर प्रेसमा ज्ञानु पंगेनीद्धरा लेखिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर