आज प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष दाहाल नवलपरासी आउदै

शिक्षा

नवलपरासी

प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बर्दघाटको चौपता खेल मैदानमा आउनुहुने भएको छ ।

नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी विशाल आम सभालाई प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशाल आमसभा चौपताको खेल मैदानमा आयोजना हुने काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका चर्चित नेता विनोद चौधरी गठबन्धनकातर्फबाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेशसभामा गठबंधनबाट बिश्वप्रेम पाठक उम्मेदवार हुनुहुन्छ ।


दुई दिनअघि मात्रै माओवादी केन्द्र्ले यश क्षेत्रबाट नेपाली काङ्ग्रेसका नेता विनोद चौधरी नै गठ्बन्धन्का साझा उम्मेदवार रहेको स्पष्ट पारेको पृष्ठभुमिमा गठबंधनले विशाल आमसभा आयोजना गरेर प्रधानमन्त्री देउवा र माओवादी केन्न्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधनका लागि आमन्त्रण गरेको छ । उहाँहरूकोआगनले गठबन्धन थप बलियो हुने बिश्वास लिइएको छ । आमसभा भोलि बिहान ९ बजे शुरु हुनेछ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर