मंसिर १२ देखि प्रथम रत्नप्रिय कप फुटबल

शिक्षा

चितवन – पूर्वी चितवनको रत्ननगरमा मंसिर १२ गतेदेखि प्रथम रत्नप्रिय कप फुटबल हुने भएको छ । रत्नप्रिय युवा क्लब रत्ननगर नगरपालिका ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका खेलहरु स्थानीय टिकौली चौरमा हुने आयोजक क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए । प्रतियोगितामा चितवनसहित मकवानपुर र नवलपरासीका टिमहरु सहभागी हुने उनले बताए ।

उनका अनुसार केही दिन भित्र सहभागी टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको उनले बताए । अहिले मैदान सम्याउने र प्रचार-प्रसारको काम भइरहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर