श्री हिमालय आधारभुत विद्यालयमा पोषण कार्यक्रम सम्पन्न

शिक्षा


चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ११ जागृतिचोकमा रहेको श्री हिमालय आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम (स्कुल हेल्थ प्रोग्राम) अन्तर्गत पोषण प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर अस्पताल नर्सिङ कलेजमा प्रमाणपत्र तहमा नर्सिङ अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा नर्सिङ कलेजका कार्यक्रम संयोजक मिना कुमारी भुषाल, नर्सिङ कार्यक्रम दोस्रो बर्षको संयोजक भवानी पौडेलको स्वास्थ्य शिक्षा र नर्सिङ शिक्षाको बारेमा विद्यालयका विद्यार्थीहरुलाई प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई नर्सिङ बिषयको प्रमाणपत्र तह दोस्रो बर्षका प्रशिक्षकहरु निर्मला बस्याल, सुम्निमा घिमिरे र दिपा पौडेलले सहजीकरण गर्नुभएको थियो । श्री हिमालय आधारभूत विद्यालयमा विद्यालयका प्रधानाध्यापक डिल्ली रमण तिवारी तिवारीले प्रदर्शनको उद्घाटन गर्नुभएको थियो । सह-प्रचार्य सिता अधिकारीको कार्यक्रममा सहभागिता रहेको थियो ।

कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि कलेजका विद्यार्थीहरुले पोषण शिक्षा, स्कुलको वातावरण र सरसफाईका बिषयमा विभिन्न जानकारी सहितको सामाग्री प्रस्तुत गरेका थिए । नर्सिङ कार्यक्रम संयोजक मिना कुमारी भुषालले कार्यक्रमको समापन गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर